धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि हात पारेका छन । सनिवार च्याम्पियनको स्टुडियोमै गरिएको ग्रान्ड फिनालेमा अर्का २ प्रतिष्पर्धि खड्ग बहादुर पुन र सुमन कोईरालालाई अत्याधिक भोटले पछि पार्दै उनि बिजेताको हकदर बन्न सफल भएका हुन । उनले बिजेता बने सँगै २५ लाख नगद, एउटा कार र अन्य पुरस्कारहरु प्राप्त गरेका छन । यता खड्ग बहादुर पुनले दोस्रो स्थान हासिल गर्दा ईटहरीका सुमन कोईराला तेश्रो हुन सफल भए ।

नेपालकै पहिलो र ग्रान्ड स्ट्यान्ड-अप कमेडी टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ पनि अन्य रियालिटी शो झै फाईनलमा पुग्दा बिवादमा रुमल्लिन पुग्यो । शोले बिश्राम पाउने बित्तिकै स्टुडियो बाहिर नाराबाजि चलेको थियो । भोटमा धादलि भएको भन्दै बिबाद उत्पन्न भएको हो भने खड्गका समर्थकहरुले “कमेडी च्याम्पियन-मुर्दावाद” भन्दै नारा लगाएका थिए । खबपुका समर्थकले भोटिङको नतिजा सार्बजानिक गर्न माग गर्दै नाराबाजि गरेका हुन् ।

चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन् । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रियाले कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए । त्यसैगरी केकी अधिकारि बिरुद्द समेत नाराबाजी गरेका थिए । केकिको आफ्नै सो भएकोले उनि बिरुद्द नाराबाजी गरेका हुन् । उनीहरुले खबपुलाई जातीय विभेद गरेर हराएको समेत आरोप लगाएका छन् । रिजल्ट नदेखाए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!