काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको ‘भमरा’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । राम कुमार केसीको छायाँकन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

केही समय अघि मात्रै सुनिल गिरीको जुम्ला बोलको गीत निर्देशन गरेका निर्देशक शिशिर आँफैमा एक कुशल कोरियोग्राफर पनि हुन् । करिब ६ दर्जन बढी म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका शिशिरले डिसेम्बर फल्स, रोमियो, तिमी सँग, लभ स्टेशन, जानी नजानी, चचहुई, कप्स र रानी जस्ता फिल्मका गीतहरुमा कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!