रबिन्द्र बराल

शनिबार, पौष २३, २०७९ || 833  पटक पढिएको

रंगेली। सूचना समृद्धि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा सम्पन्न गरिएको छ।

रंगेली नगरपालिका-७ स्थित मेलिना गेष्ट हाउसको सभाहलमा बार्षिक साधारणसभा गर्दा संस्थाले आर्थिक बर्ष ७८/७९ सालको आय व्यय समेत संस्थाका सचिव सरोज कुमार साहले प्रस्तुत गरेका थिए ।

संस्थाको ऋण लगानी कुल २ करोड १० लाख ९४ हजार ७ सय ०७ रुपैया लगानी रहेको छ । संस्थाकाे कुल बचत १ कराेड १२ लाख १८ हजार ८सय ७२ पुगेकाे छ । ५४ लाख ६८ हजार २ सय ८ रुपैयाँ २२ पैसा कूल आम्दानी गरी कुल खर्च ५३ लाख ९० हजार ३७ रुपैया बाईस पैसा गरेको छ । संस्थाले ७८ हजार १ सय ७१ रुपैया शुद्ध मुनाफा समेत गरेको छ ।

संस्थामा ६ सय ३७ जना शेयर सदस्य रहेका छन् । संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, क्षेत्रमा कृषि फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणीहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. का संचालक सदस्य उमेश गुरुङ , संस्थाका अध्यक्ष सिनोद झा, सचिब सराेज कुमार साह ,रंगेली बचत का अध्यक्ष कैलाश मंण्डल , सन नेपाल लाईफ इन्स्योरेन्स का राजिव मिश्रा ,लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई संबोधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र आर्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋण उपलब्ध गराएको मा धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!