बीरेन्द्रकुमार साह

शनिबार, पौष २३, २०७९ || 1618  पटक पढिएको

सुनवर्षी ।मोरङको सुनवर्षी नगरपालिका वडा न -२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आज आफ्नो ७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सुनवर्षी नगरपालिका वडा न-२ स्थित श्री वीरेन्द्र सार्वजनिक मा. बि. मा आज एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न भएको हो । टेक बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशि प्रमुख अथिति तथा सुनवर्षी नगरपालिकाका उपमेयर मिरादेवी दास विशिष्ट अतिथि वडा न-२ का वडा अध्यक्ष बिनोद कुमार राजबंशी लगायतको उपस्थिति थियो । साना किसान कृषि सहकारिले गाउँका बचत कर्ताहरुलाई एक ढिक्का पारेर बि स २०७२ सालमा ५० घजारको पुंजीमा सहकारी संस्थाको स्थापना गरेको सस्थाका अध्यक्ष टेक बहादुर भट्टराईले हिपमत मिडियालाई बताए ।हाल सहकारीको सदस्य संख्या बढेर ६ सय ६९ पुगेको छ।

२०७२ सालमा ५० हजार पुँजीमा स्थापना भएको सहकारीमा अहिले ४ करोड ३० पुंजी पुगेको सहकारीका अध्यक्ष भट्टराईले बताए। साबिकको अमरदह गाबिसलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएका सहकारीले कृषक र किसानलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ।

सहकारीले समूह बचत, ब्यक्तिगत बचत ,अन्तर समूह बचत ,बाल बचत लगायतको शिर्षकमा बचत गर्दै आएको छ भने सहकारीका कुनै सदस्यको मृत्यु भएमा उनको परिवारलाई सहयोग गर्न राहत कोष समेत खडा गरेको छ। हरेक सदस्यले उक्त राहत कोषमा १ हजार जम्मा गर्ने गरेको छ र कुनै सदस्यको मृत्यु भएमा उनको परिवारलाई उक्त कोषबाट १० हजार पुरै सहयोग गर्दै आएको अध्यक्ष भट्टराईले बताए।

साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो बार्षिक साधारण सभामा हेम नारायण राजबंशिको समुहलाई आज पुरस्कृत समेत गरेको छ । सहकारीले मोहरमी खातुन लगायतलाई पनि आज सम्मान गरेको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि मेयर श्याम राजबंशीले उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान गरेका छन्। उनले सहकारीको प्रगतिको कामना गर्दै यस्ता सहकारीले गाउँका साना साना ब्यापारी तथा कृषकलाई फाईदा पुगेको बताए।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!