समुुदायमा प्रहरी तथा समुुदायसंग चियापान कार्यक्रम संचालन गरेपछि इलाका प्रहरी कार्यालय रंगेलीमा मुुद्धा दर्ता गर्ने शख्यामा व्यापक कमि आएको छ । स्थानिय स्तरमा नागरिकको प्रत्यक्ष पिरमार्का वुुझन गाउगाउ टोलमा पुुगेर प्रहरीले यो कार्यक्रम संचालन गरेपछि मुुद्धादर्तामा कमि आएको हो । इलाका प्रहरी कार्यालयमा चालुु आर्थिकवर्षको फागुुन मसान्तसम्म ७६ वटा मुुद्धा दर्ता भएका छन । गतवर्षको सोहि अवधिमा १ सय १४ वटा मुुद्धा दर्ता भएका थिए । गतवर्षको २ सय १० वटा मुुद्धादर्ता भएका थिए ।

कार्यक्रमले समुुदायमा पिरमार्र्का वुुझन जनताको घरदैलोमा पुुग्ने र अन्द स्र्पोट जनतालाई सेवाप्रभा गर्ने भएकाले प्रहरीप्रती जनताको विश्वास वढेको पाइन्छ । प्रहरी देखेर नवोल्न र केहि कुुरा भन्न नचाहने सर्वसाधारणहरुपनि अहिले आफनो समस्या खुुलेर राख्न थालेका छन ।
गाउगाउ टोलटोल तथा वर्डावर्डामा समुुदायलाई भेला गरेर वालविवाह, वहुुविवाह,लागुु औषध, दाइजोप्रथा विरुद्ध काउन्सिल गर्ने गरेकाले यस्ता घटनामा कमि मात्र होइन प्रहरी संग जनताको पहुुच थप वढेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लेखनाथ दाहालको भनाई छ ।
रंगेली , सुुनवर्सी नगरपालिका तथा धनपालथान र जहदा गाउपालिका सो कार्यलयको कार्यक्षेत्र पर्दछ । दुुईवर्ष अघि देखी शुुरु भएको यो कार्यक्रमले शान्ती सुुरक्षामा समेत सुुधार आएको दावी प्रहरीको छ । कार्यक्रमले सामाजिक विकिृती हटाउने संगै चोरी लगायत आपराधिक कार्यगर्नुुु हुुदैन भन्ने सन्देस समेत प्रदान गरेको प्रहरी निरिक्षक दाहालले वताउनुुभयो ।
प्रहरीले विभिन्न विद्यालयहरुमा समेत कार्यक्रमका विषयमा वालवालिकालाई जनचेतना फैलाउने तथा सहर गाउटोलमा सरसफाई अभियान समेत संचालन गर्दै आएको छ । जसका कारण गाउमा सानातिना झै झगडावा घटना भए तत्काल सर्वसाधारणले प्रहरीलाई फोन गर्ने गदर्छन ।
साप्ताहिक रुपमा कार्यक्रम संचालन गरेपछि आत्महत्याका घटनामा समेत कमि आएको प्रहरीको दावी छ । चालुु आर्थिकवर्षको आठ महिनाको अवधिमा सो कार्यालयमा १३ वटा आत्महत्याका घटना दर्ता भएका छन । जवकि गतवर्षका सोही अवधिमा २१ वटा आत्म हत्याका घटनादर्ता भएका थिए ।
समुुदायलाई सचेत वनाएपछि मुुद्धमामिलाका कारण भिड लाग्ने सो प्रहरी कार्यालयमा अहिले सुुनसान जस्तो देखिन्छ । विगतमा मुुद्धा मामिला मिलाइदिने भन्दै विचोलियाले रकम लिने गरेकोमा यो कार्यक्रमले सर्वसाधारणको सोझै प्रहरी प्रमुुखसंग पुुग्ने थालेपछि त्यस्ता समस्या अन्त्य भएको रंगेली–७ का वेदमणी घिमिेरेको भनाई छ । प्रहरी निरिक्षक गाउगाउ पुुगेर आफै समुुदायको पिरमार्का र समस्या वुुझने गरेकापनि नागरिकको सेवाप्रभा सहज भएको उहाले वताउनुुभयो ।
यतिमात्र होइन किसानहरुले समेत महिनौ दिन सम्म खोलाको किनारमा पानी पटाउने पम्पसेट लगायतका साधनहरु खेतखेतमै छाडने गरेकाले पनि शान्ती सुुरक्षामा सुुधार भएको प्रष्ट हुुन्छ उहाले भन्नुुभयो ।
इलाका प्रहरी कार्यालयले मदिरा नियन्त्रण अभियानलाई समेत तिव्र वनाएको छ । आफुुले कार्यभार सम्हालेको आठ महिनाको अवधिमा भारत तफै लैजादै गरेको १६ सय ४९ वोतल चलानी मदिरा र १५ सय लिटर घरेलुु मदिरा सहित त्यसमा प्रयोग भएका सवारी साधन राजश्व कार्यालयमा वुुझाएको प्रहरी निरिक्षक दाहालले वताउनुुभयो । सो प्रहरी कार्यालय अन्तर्गत १७ वटा प्रहरी चौकी रहेका छन । दरवन्दि अनुुसार प्रहरी नभएपनि सिमित साधन श्रोतका वावुुजुुदपनि कुुनै घटना भएपमा तत्काल प्रहरी पुुग्ने गरेको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!