हिपमत डटकम

मंगलबार, पौष १९, २०७९ || 302  पटक पढिएको

विराटनगर । विराट धर्मशास्त्र संग्राहलय एवं पुस्तकालयले सामुदायिक विद्यालयका छात्रालाई पुरस्कृत गरेको छ । पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर आज आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा ५ हजार नगद राशिको नन्दकुमारी चापागाईं स्मृति छात्रवृत्ति पोखरिया उच्च माविमा अध्ययनरत सविया सहनी र गोग्राह माविमा अध्ययनरत नेहा उराँवलाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंलगायतले माला लगाएर प्रशंसापत्र र नगद प्रदान गर्नु भएको थियो ।

समारोहमा मेयर कोइरालाले विराट धर्मशास्त्र संग्राहलयको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समाजसेवी माधवप्रसाद अत्रि, साहित्यकार दिङ्लाली कान्छो, प्रतिमा निरौला, पुरुषोत्तम न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । पुस्तकालयले हरेक दुई वर्षमा ५० हजार राशिको लेखनाथ चापागाईं स्मृति पुरस्कारसमेत वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!