हिपमत डटकम

सोमबार, पौष १८, २०७९ || 8322  पटक पढिएको

०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत ‘ युट्युबमा सार्वजनिक गरे सगै दर्शकले मन पराएका छन् ।चलचित्र यति बेला युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको छ ।

युट्युबको ट्रेन्डिङ चौथो स्थानमा रहेको चलचित्रलाई यो समाचार तयार पर्दा सम्म १६ हजार भन्दा बढी लाईक मिलेको छ। ७ लाख १२ हजार भन्दा बढी पटक हेरिएको यस चलचित्रलाई साढे तिन सय भन्दा बढी राम्रो कमेन्ट आएको छ ।चलचित्र हेर्ने धेरै जसोले चलचित्रको बारेमा उत्कृष्ट कमेन्ट गरेका छन्।

चलचित्र ‘पंचायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनौट समेत भएको थियो। अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा चलचित्र ‘पंचायत’ले “ बिदेशी भाषाको उत्कृष्ट चलचित्र ” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री ” विधामा पुरस्कार जित्न सफल भएको थियो ।चलचित्रले विकास बोर्ड बिशेष चलचित्रको पुरस्कृत बापत २ लाख रुपिया समेत पाएको थियो।

पंचायतमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी,किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी,सुचित्रा उप्रेती,अश्विनी कोइराला ,प्रकृति ढुंगेल लगायतको अभिनय छ ।

चलचित्रमा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन्। गणेश गिरीको प्रस्तुति रहेको पंचायतको निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् ।चलचित्र पंचायतलाई शिवम अधिकारीले लेखन तथा निर्देशक गरेका हुन् ।चलचित्रमा टंक बुढाथोकि संगीत ,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ ।

चलचित्रले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । चलचित्रले छुवाछुत विरुद्ध पनि ससक्त उठान गरेको छ । त्यो बेलाको व्यवस्था भएपनि अहिलेको अबस्थाको चित्रण समेत रहेकाले गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!