शनिबार, चैत्र ०१, २०७६ || 539  पटक पढिएको

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गर्नुभएको छ । सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो पत्र लेख्नुभएको हो । मुलुकको सङ्घीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा काँग्रेसले नवलपरासी (पश्चिम) मा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो । सभापति देउवाले यही फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी (पश्चिम) को जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोक्नुभएको थियो । महामन्त्री कोइरालाले भने पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोख्रेललाई हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधान प्रतिकूल रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले नवलपरासी (पश्चिम) जिल्ला विधानको व्यवस्थाबमोजिम पोख्रेल कार्यवाहक सभापति रहेको समितिलाई नै यथावत कायम राख्न अनुरोधसमेत गर्नुभएको छ । साथै महामन्त्री कोइरालाले सहमति बिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिनेतर्फ पनि सभापतिको ध्यानाकर्षण गराउनुभएको छ । नेतृत्वबाट एकाङ्कीरुपमा हुने यस्ता निर्णयले पार्टीको १४ औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीररुपमा प्रभावित हुने महामन्त्री कोइरालाले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!