शुक्रबार, फाल्गुण ३०, २०७६ || 564  पटक पढिएको

हुम्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा दिनभर हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रका अन्य चार गाउँपालिकाका विभिन्न क्षेत्रमा बर्सात भएको छ । साबिक डाडाफया, स्याडालगायत नाम्खा गाउँपालिकामा भारी हिमपातले जनजीवन कष्टकर बनाएको नाम्खा गाउँपालिका याल्वाङ्ग महाबौद्ध विद्यालयमा कार्यरत नन्दबहादुर भण्डारीले बताउनुभयो । उत्तरी क्षेत्रमा हिमपातले आवतजावतमा कठिनाइ भएको छ । यस्तै जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा निरन्तर हिमपातले यो क्षेत्र सेताम्ये भएको छ । शुक्रबार बिहान ७ बजेबाट लगातार परेको हिमपातले हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई उडान अवरुद्ध बनेको छ । हिमपातका कारण उडान अवरुद्ध बनेको सिमकोट विमानस्थल स्रोतले बताएको छ । तीन दिनअगाडि देखि हुम्लामा मौसम परिर्वतन भएसँगै यहाँको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । फागुन अन्तिममा परेको हिमपात र वर्षाले जेठासी बाली सप्रने यहाँका स्थानीयवासीले बताएका छन् । माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी परेका कारण जेठासी बालीका लागि पानीको आवश्यक नपर्ने सिमकोट गाउँपालिका वडा २ का किसान हुनी भण्डारीको भनाइ छ । एसइई परीक्षा केन्द्रमा सहायता कक्ष राखिने आगामी चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा एसइई परीक्षा केन्द्रमा सहायता कक्ष स्थापना गरिने भएको छ । हुम्लामा रहेका छ वटा परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी, औषधि र उपकरणसहितको हेल्थ डेस्क स्थापना गर्न लागिएको हो । कोभिड–१९ का लक्षण विद्यार्थीमा देखिन सक्ने सम्भावनालाई ध्यानमा राखी त्यसबाट जोगिन परीक्षण गर्नको हेल्थ डेस्क स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विष्णुबहादुर शाहीले बताउनुभयो । प्रमुख शाहीले जिल्लाका ६ वटै परीक्षा केन्द्रमा सो डेस्क स्थापना गरेर स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्था गर्ने निर्णय भएको बताउनुभयो । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष छनोट गरिएको छ । मानसरोवर माविमा केन्द्राध्यक्ष अमरबहादुर शाही, बालमन्दिर माध्यमिक विद्यालयका लागि ज्ञानबहादुर रोकाया, हिमज्योति माविका लागि जयबहादुर धामी, कोट माविका लागि टङ्कज्वज खत्री, सूर्योदय माविमा सुरवीर शाही र मदनादेव माविका लागि जयरुद्र ढकाललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको प्रमुख शाहीले बताउनुभयो । छनोट भएका केन्द्राध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सञ्चालनसमेत गरिने छ । हुम्लाबाट एक हजार ३७ छात्रछात्राले परीक्षा दिनेछन् । मानसरोवर माध्यमिक परीक्षा केन्द्रबाट दुई सय १२, बालमन्दिर माविबाट एक सय ५५, कोट मावि रोडिकोट एक सय १९, हिमज्योति मावि सर्केगाडबाट दुई सय १०, सूर्योदय मावि श्रीनगरबाट एक सय ४५ र मदनादेव मावि मदनाबाट एक सय ९६ छात्रछात्रा सहभागी हुनेछन् । छात्रछात्रा गरी खुल्लाबाट २७ जनाले एसइई परीक्षा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!