कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको मूल्यसूची अनुसार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २९० रूपैयाँ, हरियो अंगुर २१० रूपैयाँ रहेको छ ।
अदुवा ५६ रूपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा ३४ रूपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रूपैयाँ ६७ पैसा, अम्बा १३५ रूपैयाँ, एभोकाडो ३२५ रूपैयाँ, नेपाली सुन्तला ११० रुपिया, रातो आलु ५१ रुपैयाँ ३३ पैसा, स्थानीय काउली ३६ रूपैयाँ, कागती १०० रुपैयाँ, किवी २२५ रूपैयाँ, अकबरे खुर्सानी ३२५ रूपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ, गुन्दुक २९० रुपैयाँ, टनेल गोलभेंडा १८ रूपैयाँ ८० पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, चम्सुरको साग ७६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रूपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, तीतो करेला ९६ रूपैयाँ ६७ पैसा, लोकल परवल ६६ रूपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४६ रूपैयाँ ४० पैसा र हरियो धनियाँ ४६ रूपैयाँ ६७ पैसा कायम रहेको समितिले जनाएको छ ।