हिपमत डटकम

बुधबार, पौष ०६, २०७९ || 10432  पटक पढिएको

प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सर्वदलीय बैठकको आह्वान गरेको छ। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार मध्यान्ह १२ बजे दलको बैठक आह्वान गरिएको हो।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले शपथ लिनुभएको छ। शपथ ग्रहण लगत्तै ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद् सचिवालयमा पुगेर संसद् सदस्यको शपथबारे जानकारी लिनुभएको छ।

ज्येष्ठ सदस्य जबराको अध्यक्षता एवम् संयोजनमा सर्वदलीय बैठक आह्वान भएको हो। सर्वदलीय बैठक लगत्तै उहाँले प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!