हिपमत डटकम
विराटनगर ,मंसिर १९ ।

पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत ईस्टर्न ईन्जिनयरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन । पुर्वाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विगतमा दिएको ईन्जिनियरिङ परीक्षाको नतिजा अपेक्षा अनुरुप नआएको र पुर्नयोगको लागी पठाएको खण्डमा पनि सही उत्तरपुस्तिकालाई पनि गलत बनाई विद्यार्थीहरुको भबिष्यमाथि नितिगत खेलवाड भईरहेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

पटकपटक विवादमा तानिदै आएको पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रक कार्यालय पुनः विवादास्पद अवस्थामा पुगेको छ । परीक्षामा विद्यार्थीहरुले लेखे अनुरुपको अङक नदिने र नितिगत भ्रष्टाचार गर्दै विद्याथीको भबिष्यसँग खेलवाड गर्ने होडले कार्यालय विवादास्पद अवस्थामा पुगेको हो । विश्वको जुनसुकै देशमा विद्यार्थीले परीक्षा दिँदा उत्तर लेखे जतिको अङक पाउनुपर्ने र उनीहरुको उत्तरपुस्तिका स्वच्छ निष्पक्ष तरिकाले चेकजाँच हुनुपर्ने व्यवस्था छ । तर परीक्षा नियन्त्रक कार्यालयद्धारा आफना नातागोतालाई छोेडेर निजी रन्जिसको आडमा केही विद्यार्थीहरुलाई ८० अङक बराबरको सही उत्तर लेख्दा पनि शुन्य दिएर पठाईएको छ । कलेजमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुले पनि पुर्नयोगको लागी उत्तरपुस्तिका झिक्दा रु. ५ हजार तिर्नुपर्ने बाध्यता छ । कसैगरी पुर्नयोगको लागी उत्तरपुस्तिका झिकिाहाले पनि उनीहरुलाई कुनै प्रकारको मुद्दा गर्न नपाउने र मिडियालाई समेत देखाउन नपाउने शर्तमा हस्ताक्षर गराईन्छ । विद्यार्थीहरुको हात त्यहाँ पनि बाधिन्छ । यस्ता निन्दनीय कार्यले विद्यार्थीहरु त्रसित हुँदै गएका छन ।

यही बिषयमा विद्यार्थीहरु आक्रोशित हुँदै उनीहरुले कडा प्रर्दशनका साथसाथै पुर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयको परीक्षा नियन्त्रक र सहायक परीक्षा नियन्त्रकको कार्यकक्ष परिसरमा तोडफोड समेत गरेका छन । ईन्जिनियरिङको सेमेष्टर प्रणाली अन्तर्गत परीक्षा दिएका विद्यार्थीहरुले ८० अङक बराबरको उत्तर लेख्दा पनि ० अङक दिईएको र पुर्नयोगका लागी त्यही उत्तरपुस्तिका विज्ञहरुलाई देखाउँदा ८० अङक नै पाउनुपर्ने जवाफ पाउँदा विद्यार्थीहरुले आत्महत्या गर्ने अवस्था सिर्जना भईसकेको ईष्टर्न ईन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी मनोज कुमार रोहिताले बताए । उनले ३ बर्षदेखि धेरै विद्यार्थीहरुले एउटै बिषयको परीक्षा दिँदै आएको र परीक्षा नियन्त्रक कार्यालयको नितिगत भ्रष्ट आचारका कारण अहिलेसम्म कोही पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको जानकारी दिए । उनले परीक्षा नियन्त्रक कार्यालयद्धारा पुर्वाञ्चल विश्वविद्यालयको प्राविधिक बिषयको परीक्षामा नक्कली स्टाम्प प्रयोग गरेर केही विद्यार्थीहरुलाई टारगेट बनाएर उनीहरुलाई फेल गराउने षडयन्त्र भईरहेको उल्लेख गरे ।

सम्बन्धित बिषयलाई गम्भीरताका साथ लिँदै पुर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय विराटनगरका परीक्षा नियन्त्रक प्रोफेसर सुर्य प्रसाद संग्रौलाले परीक्षा व्यवस्थापन कार्यालय आफनो निति र नियम सम्वत विद्यार्थीहरुको जायज माग र समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको समस्या समाधान गर्न परीक्षा नियन्त्रक कार्यालय प्रक्रियागत रुपमा अगाडि बढने जानकारी दिनुभयो । तर विद्यार्थी वर्गले क्याम्पसका सार्वजनिक भवनहरु तोडफोड गर्ने र अराजकता फैलाउने गतिविधीहरु गर्दा त्यो शोभनीय नहुने प्रोफेसर संग्रौलाको भनाई छ ।

हाल विद्यार्थीहरुले भने प्रत्येक सेमेष्टरमा पुरक परीक्षाको व्यवस्था गर्नुपर्ने, परीक्षा नतिजामा पुर्नयोगको परिवर्तित परिणाम समावेश गर्नुपर्ने, पुर्नयोगको शुल्क बापत लिईने रु. ५ हजारलाई घटाएर ५ सय गर्नुपर्ने, कुनै किसिमको बोण्डमा हस्ताक्षर गराउन नपाउने, र दोषी शिक्षकलाई अबिलम्ब तत्काल कारबाही गर्नुपर्ने लगायतका मागहरु उल्लेख गर्दै प्रेस विज्ञप्ति समेत जारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!