खबर ठुलो छ

धनुषाका दुई युवामा कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भारतको अहमदावादबाट नेपाल आइरहेका २ जना नेपाली युवालाई चेकजाँचको क्रममा सप्तरीको खजुरी महुवाका शिवकुमार र राजन पासवानमा को’रोना सं’ क्रमण देखिएको चेकजाँच गर्ने चिकित्सकले जनाएका छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरुलाई भारत बिहार मधुवनीस्थित सदर अस्पताल राखेको उपचार सुरु गरिएको छ । उनीहरुको थप रिपोर्ट आउन अझै २ साता लाग्ने चिकित्सकको भनाई छ ।

यसअघि सीमानामा युक्रेनी दम्पत्ती ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुखाखोकीसमेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिए ।

उनीहरुमा को’रानाको ल*क्षण देखापरेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजिएको थियो । उनीहरुले ओइसोलेशनमा बस्न जान नमानेपछि बाध्य भएर भारत नै फर्काइएको अध्यागमन कार्यालय झापाका प्रमुख जनक कोइरालाले बताए ।

“को*रानाका शङ्का लागेमा बिरामीलाई राख्न झापामा आइसोलेशन छैन”, उनले भने , “हामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजेको तर नमानेपछि भारततर्फ फर्कादिऔँ ।” उनका अनुसार उनीहरु भारतको दिल्ली विमानस्थल हुँदै जनवरी १० तारिखमा भारत आएका थिए । भारतका विभिन्न स्थान घुमेर आज नेपाल प्रवेश गरेका हुन् ।

शुक्रबार, फाल्गुण ३०, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया