हिपमत डटकम

शनिबार, मंसिर १०, २०७९ || 4331  पटक पढिएको

मोरङ ३ मा नेपाली काँग्रेसका उम्मेदवार डाक्टर सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनु भएको छ ।

शर्माले एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री भानुभक्त ढकाललाई झन्डै दोब्बर बढीले पराजित गरी पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको हो । डाक्टर शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो  । २०७४ मा ढकालसँग १ हजार ९०७ मतले  पराजित हुनु भएका शर्मा ५ वर्षपछि ढकाल भन्दा झन्डै दोब्बर मतले विजयी हुनु भएको हो । गत निर्वाचनमा खसेको ९१ हजार ६ सय ६ मत मध्ये ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा काङ्ग्रेस उम्मेदवार शर्माले ४० हजार ५०६ प्राप्त गर्नु भएको थियो ।

मोरङ ३ मा ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । बहुचर्चित सिने कलाकार रेखा थापा पहिलो पटक राप्रपाबाट उम्मेदवार बनेर १० हजार ९९८ मत प्राप्त गर्नुभयो । यस्तै नेमकिपाका ओमनारायण राजवातर धामीले ३० मत, लोकतान्त्रिक समाजवादी पार्टीका भुवन राईले १८ मत, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपानेले ३०३ मत , नेकपा (माले)का उद्धिमबहादुर खड्काले २३१ मत , मङ्गोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राईले १ हजार ५०५ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रिकादेवी लिम्बूले ४३१ मत प्राप्त गर्नुभयो ।

यसै गरी नेशनलिस्ट पिपुल्स पार्टीका नारायण शर्माले २१ मत,जन समाजवादी पार्टी नेपालका कमल लिम्बूले ३३ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार ७९ मत,प्राप्त गर्नुभयो ।  स्वतन्त्र उम्मेदवारहरू तर्फ दिनेश चापागाँईंले ३७, जयराज संयोजकले ३८२ ,कृष्ण राईले ११०, पङ्कजकुमार भगतले २, गणेशबहादुर पोखरेलले ७०, इन्दिरा थापाले ६० मत प्राप्त गर्नुभयो । त्यस्तै कमल राजवंशीले ७,, प्रकाश भट्टराईले १, शिवकुमार पौडेलले २४, अरविन शाहले ९, इन्द्रप्रसाद सुवेदीले ६१, चन्द्रकला खत्रीले १, सुवास धिमालले ३०, हिमप्रसाद मिश्रले ८, बाबुराम सुवेदीले ६, रेवतकुमार बस्नेतले ७, सुरेश भण्डारीले १०, धर्मप्रसाद न्यौपानेले ४ र जीवनाथ निरौलाले ३ मत प्राप्त गर्नुभयो ।  मोरङ ३ मा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ३७७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!