आइतबार, फाल्गुण २५, २०७६ || 745  पटक पढिएको

चीनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको एक होटल भत्किँदा ७० जनाभन्दा बढी व्यक्ति पुरिएका छन् । चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार कोरोना भाइरस संक्रमणका संदिग्ध बिरामीलाई उपचारका लागि राखिएको होटल भत्किएको हो ।

होटल भत्किँदा केही व्यक्ति मृत्यु समेत भएको आशंका गरिएको छ । चीनीयाँ अधिकारीका अनुसार भग्नावशेषमा पुरिएका ७० मध्ये ४७ जनालाई उद्धार गरिसकिएको छ । आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् । चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । होटल के कारणले भत्किएको भन्नेबारे पत्ता नलागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!