शनिबार, फाल्गुण २४, २०७६ || 1675  पटक पढिएको

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्य नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनय भएका छन् ।

तत्कालिन बिजय गच्छेदार अध्यक्ष भएका नेपाल लोकतान्त्रिक फोरमका कैलाली, सिरहा, झापा, सप्तरी, बर्दिया, दाङ्ग, मोरङ्ग, सुनसरी सहित ८ जिल्लाका ११ जना सदस्य ने कां केन्द्रीय कार्य समितिमा चयन भएका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानुन बमोजिम एकिकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको हो ।

मोरङ्गबाट समायोजनमा केन्द्रिय सदस्यमा मनोनित पवन सारडा बिराटनगरका चर्चित उद्योगपति हुन उनि मोरङ्ग ब्यापार संघका पुर्व अध्यक्ष समेत हुन । पुर्व सांसद सारडा उद्योग संगै पछिल्लो समय राजनीति एवं समाजिक कार्यमा समेत सक्रिय रहेका छन्।

मनोनित हुने सदस्यहरुको नामावली
१ श्री रामजनम चौधरी (कैलाली)
२। मो। नसिर सिद्धिकी (सिराहा)
३। श्री भारतेन्दुकुमार मल्लीक (झापा)
४। श्री हेमराज तातेड (सप्तरी)
५। डा। श्री गोपाल दहित (बर्दिया)
६। श्री मंगलप्रसाद थारु (बर्दिया)
७। श्री योगेन्द्र चौधरी (दाङ्ग)
८। श्री हरिप्रसाद न्यौपाने (मोरङ्ग)
९। श्री सुमित्रा थरुनी (सुनसरी)
१०। श्री कल्पना चौधरी (सुनसरी)
११। श्री पवनकुमार सारडा (मोरङ्ग)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!