तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र सुक्रबारेमा अन्तरास्ट्रिय महिला श्रमिक तथा नारी दिवसको अबसरमा यहि फागुन २५ गते अर्थात मार्च ८ का दिन विभिन्न कार्यक्रम हुने भएको छ ।
न्यायीक समिति छथर गाउँपालिका र महिला तथा बालबालिका शाखा छथर गाउँपालिकाको सहयोग तथा वडा स्तरीय महिला अधिकार मञ्च छथर गाउँपालिका २ हमरजुङको आयोजनामा कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा म्युजिकल चेयर,सामुहिक नृत्य प्रतियोगिता,नारी विशेष समय सान्दर्भिक गायक प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको मञ्चका होम कुमारी खातिले बताउनु भयो । त्यस्तै प्रत्येक वडाका उत्कृष्ट महिला कृषकलाइ समेत खुत्रुके बितरण गरिने भएको छ । कार्यक्रम गाउँपालिकाको सबै वडाहरुबाट प्ले कार्ड सहित सुक्रबारे बजारमा र्याली प्रदर्सन गरिने भएको मञ्चले जनाएको छ ।