हिपमत डटकम

बुधबार, आश्विन ०५, २०७९ || 551  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ ।

केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले मंगलबार माछा–मासु पसलको अनुगमन गरेको छ । महानगर नेतृत्वको टोलीले विराटनगरस्थित पुरानो गुद्रीमा सञ्चालित सदाम मिट सेन्टर, अजय माछा मासु पसल, रोयल खान फ्रेस हाउस, समा फ्रेस हाउस, खान फ्रेस हाउसलगायत आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए । “उपभोक्तालाई झुक्याएर बाख्राको मासु पनि बिक्री गर्ने गरेको पाइयो,” पौडेलले भने, “हामीले बाख्रा र सडेगलेको कुखुराको मासु पनि जफथ गरेका छौं ।” त्यस्तै सदाम मिट सेन्टरबाट कम तौल भएको ढक पनि अनुगमन टोलीले जफथ गरेको छ ।

कतिपय पसलले नविकरणसमेत नगरेको पाइएकाले तत्कालै नविकरण गर्न निर्देशन दिइएको पौडेलले बताए । अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नगर प्रहरीका निरीक्षक राजन पौडेल, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, महानगरका खाद्य प्राविधिक धीरज राईलगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!