हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 10315  पटक पढिएको

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।

तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।

महिला फुटबललाई घरेलु समर्थकले धेरै समर्थन गरेकोले यो समर्थनलाई फाइनलसम्म कायम राख्न सके नेपाली खेलाडीहरुका लागि सकरात्मक पक्ष भएको बताए । उनले समर्थकहरुलाई अब यो सौहार्दपूर्ण समर्थकको लागि ट्रफी ल्याएर धन्यवाद दिने बताए ।

‘हामीलाई यति धेरै समर्थन मिलेको छ । त्यसको लागि धेरै खुसी छु । अब समर्थकका लागि ट्रफी दिलाएर धन्यवाद दिनेछौँ । उहाँहरुले फाइनलमा पनि यति नै समर्थन गर्नु हुनेछ भन्ने आशा छ,’ थापाले भने ।

थापा साफमा भारत माथि जित निकाल्ने पहिलो प्रशिक्षक पनि बनेका छन् । भारतमाथिको पहिलो जित र फाइनल पुग्नुको खुसी एउटै भएको थापा बताउँछन् । पछिल्लो समय नेपाली टोली उपाधिका लागि आतुर रहेको उनले बताए । नेपाली खेलाडीहरु पनि आफ्नो पहिलो सफलताका लागि आतुर रहेको बताए ।

‘हामी पहिलो सफलता नजिक छौं । फाइनल पुग्नुको खुसी धेरै छ । त्यसमाथि भारतलाई हराएर फाइनल पुग्नुको खुसी बेग्लैछ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!