हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 406  पटक पढिएको

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गाभिएका छन् । एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २-२ जना, सर्वसाधारण समूहबाट १-१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ शेयर (१०० : ८७) कायम हुने गरी शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । मर्जर पछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्ब रुपैयाँभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!