सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरूले महाभियोग सिफारिस समितिले क्षेत्राधिकारभन्दा बाहिर जान नसक्ने बताएका छन् । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणाले समितिमा बयान दिने क्रममा पूर्वप्रधानन्यायाधीशहरुलाई समेत मुछेपछि समितिले उनीहरुलाई छलफलका लागि बोलाउँदै पत्र काटेको थियो ।

समितिको सोही पत्रलाई लिएर उनीहरुले महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश जबरा (अभियुक्त)ले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने भन्दै र उनको भनाइको आधारमा महाभियोग सिफारिस समितिले सुम्पिएको विषयभन्दा बढी क्षेत्राधिकार विस्तार गर्न नसक्ने बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोही निष्कर्षका साथ महाभियोग सिफारिस समितिलाई आफूहरू समितिमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएर आफ्नो धारणा राखेका हुन् । ‘सिफारिस समितिले पनि आफूलाई सुम्पिएको विषयमा बाहेक अन्य कसैउपर दाबी, छलफल गर्न वा सुम्पिएको विवादभन्दा बढी विस्तार गरी क्षेत्राधिकार विस्तार गर्न सक्ने देखिँदैन’ चारै जनाले संयुक्त पत्र लेख्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!