मोरङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेद्वार सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छन् ।

चुनावी अभियान अन्तरगत आज सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन । उनले आफ्नो के बृद्ध के युवा सबैको निक्कै माया र साथ पाएकी छिन । रेखाको उपस्थितले मतदाता उत्साहित बनेका थिए । तपाईहरुको समस्यासङ्ग जुध्न उम्मेदवार बनेर आउने भनेपछी महिला दिदी बहिनिहरु भावुक भएका थिए ।

उनले नेता भनेको शासक हैन सेबक हुनु पर्ने बताईन । रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिला दिदिबहिनिहरुले अङ्गालोहालेर उम्मेदवारी प्रती खुशी साटासाट गरेका थिए ।

उम्मेद्वार सिफारिस भएपछि उनी क्षेत्र नं. ३ का मतदाता भेटन समस्या बुझ्न घामपानी झरी नभनी व्यस्त छिन् ।

कानेपोखरी गाउँपालिका को वडा नम्बर ४,५,६,७ मा आज रेखाको व्यापक घर दैलो कार्यक्रम रहेको राप्रपा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए । उनका अनुसार पुराना उम्मेदवारले आश्वासनको खेती गरेकाले रेखासङ्ग मतदाताहरु आसाबादी रहेको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!