हिपमत डटकम

आइतबार, भाद्र २६, २०७९ || 3433  पटक पढिएको

सुनसरी । ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने मुकुन्द साहु तेलीको घरमा चोरी गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय सरोज मुडियारी र २८ वर्षीय अमन चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरको ढोका फोरी भित्र पसेर चोरी गर्दै गरेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

साथै अमनको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोजन ६२ ट्याबलेट समेत बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!