सप्तरी कंचनरूप नगरपालिका-४ धनकट्टा का ३७ बर्षीय नगेन्द्र मुखिया मृत अवस्थामा फेला परेका छन । हिजो बिहान ०६ बजे घरबाट सप्तकोशी नदिमा माछा मार्न जान्छु भनि हिडेका उनि घर फर्की नआएपछी आफन्तले आज खोजीका लागी प्रहरी चौकी कोशीब्यारेजमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउना साथ खोजी कार्यमा जुटेको प्रहरीले आज अपरान्ह पौने ४ बजे सप्तकोशी नदिको २७ नम्बर गेट देखी ३ किलोमिटर दक्षिणमा नगेन्द्रको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।