हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 458  पटक पढिएको

युवा संघको महाकाली मेची जागरण अभियान सम्पन्न गरेको छ । मुलुकमा भइरहेका अन्याय, अत्याचार, हिंसा, भ्रष्टाचारका साथै समसामयिक विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ करिब तीन साता लामो अभियानअन्तर्गत तराईका २२ जिल्लामा आमसभा गरिएको थियो । अभियानमा करिब चार लाख सर्वसाधारणले एक्यबद्धता जनाएको युवा संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमाल लगायतले अभियान सम्पन्न गरी फर्केको प्रतिनिधिमण्डललाई एक कार्यक्रमबीच स्वागत गरेका छन् । पार्टीको बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालको सहभागितामा भएको कार्यक्रममा महासचिव डा.बेदुराम भुसालले मुलुकमा आसन्न निर्वाचनमा आम नागरिकलाई देशको विकृति, राजनीतिक अवस्थाका साथै शान्तिसुरक्षा, महङ्गी नियन्त्रणलगायत विषयमा सुसूचित गर्न युवाले गरेको अभियानको सराहना गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!