हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 5228  पटक पढिएको

यो साता सुनचाँदीको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य प्रतितोला ९०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ पुगेको छ ।

यो साता आइतबार तोलामा ६०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार १०० र मंगलबार ३०० रुपैयाँले बढेर सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको थियो । त्यसयता बुधबार एकैदिन मूल्य १००० रुपैयाँले घटेको थियो । यस्तै, बिहीबार ८०० र शुक्रबार १०० रुपैयाँले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

यसैगरी, यो साता चाँदीको मूल्य समेत बढेको छ । तोलामा ४५ रुपैयाँले बढेको चाँदीको मूल्य हिजो शुक्रबारसम्ममा प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!