हिपमत डटकम

शुक्रबार, भाद्र २४, २०७९ || 1953  पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षअघिसम्म स्थानीय चुनावसम्म देश पुग्छ कि पुग्दैन भन्ने भय रहेको बताएका छन् । शुक्रबार पार्टी निकट जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई पोखरामा सम्बोधन गर्दै संविधानमाथि घात गर्ने प्रवृत्तिका कारण त्यस्तो खतरा महशुस भएको बताएका हुन् । ‘गत साल संविधानमाथि जुन घात हुने स्थिति दखापर्यो । नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धीहरु धरापमा पर्ने हुन् कि भन्ने खतरा देखापर्यो’ उनले भने, ‘सबैले आन्दोलन गरेर संविधान र राष्ट्रघातका विरुद्ध आवाज उठायौ । आन्दोलित भयौं र मूलत: सफल पनि भयौ । तर त्यो खतरा अहिले पनि टरिसकेको छैन ।’

अध्यक्ष प्रचण्डले अब संघ र प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने भन्दै त्यसो भएमात्रै संविधानका उपलब्धिहरूको रक्षामा अझ बढी सफलता प्राप्त गर्न सकिने बताए । ‘यो निर्वाचन गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता,समावेशी समानुपातिक मान्यतालाई उल्ट्याउन नसक्ने गरी स्थापित गर्ने प्रक्रिया पनि हो । मैले स्थानीय तहको निर्वाचनपछि सार्वजनिक कार्यक्रमहरुमा भन्ने गरेको थिएँ, एक बर्षअगाडिसम्म स्थानीय तहको निर्वाचनसम्म नै देश आउन सक्ने होकि होइन भन्ने चिन्ता र खतरा देशभरी थियो’, प्रचण्डको भनाइ छ । उनले सफलतापूर्वक संविधानलाई ट्रयाकमा राखेर स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भैसकेको अवस्थामा अब संघ र प्रदेशको चुनावमा मुलुक केन्द्रीत भएको पनि बताए ।

उनले गएको स्थानीय तहको निर्वाचनमा माओवादीले पहिला जितेकालाई बचाउन मात्रै सकेको भए र पछि जितेकोलाई कायम राख्न सकेको भए आज देशको पहिलो कम्युनिष्ट पार्टी हुने ठुलो सम्भावना रहेको बताए । ‘तथ्यले तथ्यांकले, जनमत र जनाधारले के देखाएको छ भने हामी त्यो निर्वाचनमा पहिलो कम्युनिस्ट शक्ति हुने सम्भावना थियो । देशको दोस्रो राजनीतिक शक्ति हुने सम्भावना थियो । तर हामीले विगतमा जितेका ५० भन्दा बढी पालिका गुमाउन पुग्यौ’, प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले अवको निर्वाचनमा देशको पहिलो बामपन्थी पार्टी र देशको निणार्यक शक्ति बन्नेगरी गठबन्धनमा चुनावी तालमेल गर्नेगरी गृहकार्य भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!