बिराटनगर। बिराटनगर महानगरपालिकाले अन्तर्राष्ट्रिय मामिला सल्लाहकारको रूपमा सोमनाथ घिमिरेलाई नियुत्त गरेको छ । अमेरिका बस्दै आएका घिमिरेलाई बिराटनगर महानगरपालिकाले नियुत्ती गरेको बिराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए। घिमिरे गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाका अध्यक्ष समेत हुन् उनि दर्जनौ सामाजिक संघसस्थामा आवद्द समेत छन्।
संयुक्त राज्य अमेरिकाको विभिन्न शहरहरूको मेयरको कार्यालयसँग राम्रो सम्बन्ध स्थापित गर्दै , बिराटनगरको बिकाशमा थप टेवा पुग्ने उदेश्यले घिमिरेलाई न्युक्त गरिएको हो। बिराटनगर महानगर पालिका तथा अमेरिकाका विभिन्न शहरको नगरपालिकासँग समन्वय गरि कामहरु गर्न सहयोग मिल्ने बिश्वाश बिराटनगर महानगरपालिकाको छ।
घिमिरेले हामीसंग कुरा गर्दै भने बिराटनगरलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन मा अहम भूमिका निर्वाह गर्ने छु साथै बिराटनगरलाई आधुनिक शहरको रूपमा निर्माण गर्न पहल गर्ने छु भन्दै बिराटनगर लाई Three “B” =Build Better Biratnagar को नारा लिएर अगाडि बड्ने बताए।