गत सोमबार नेपाली कांग्रेस धनुषाका नेता प्रफुल घिमिरेले पार्टीको जिल्ला कार्यसमिति र मधेस प्रदेशको कार्यालयमा एउटा निवेदन दर्ता गराए । उनले प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुले केन्द्रको सर्कुलर विपरीत उम्मेदवारको नाम सिफारिस गरेको दाबी गर्दै निवेदनमा त्यसको खारेजी माग गरेका थिए ।
उनले तीन सदस्यीय समितिले सहमतिविपरीत एकलौटी ढंगले धनुषाको क्षेत्र ३ (ख) मा उम्मेदवारहरुको नाम सिफारिस गरिएको आरोपका लगाएका छन् । घिमिरेले उक्त निर्णय खारेज गरी केन्द्रको सर्कुलर बमोजिम प्रदेश, केन्द्र र समानुपातिकका उम्मेदवारको नाम सिफारिस गर्न निवेदनमा माग गरेका छन् ।
त्यस्तै कांग्रेस जिल्ला सदस्य तथा पार्टी निकट नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य ममता महतोले महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ समितिको बैठकमा कांग्रेसकै नेता तथा बलवा नगरपालिकाका पूर्व प्रमुख विनोद यादवले दुर्व्यवहार गरेको नेतृ महतोको आरोप छ । समानुपातिकतर्फ आफ्नो इच्छा राख्दा यादवले धम्कीपूर्ण भाषामा बोल्दै हातपात गर्न आएको र न्यायका लागि आफूले जिल्ला, प्रदेश र केन्द्रीय समितिमा निवेदन दिएको जनाइन् ।