हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 4744  पटक पढिएको

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । २३ औं मिनेटमा भारतका लागि ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । खेलको इन्जुरी समयमा सोम्मिया गुगुलोथले गोल गर्दै भारतलाई ३-० गोलको जित दिलाइन् ।

जितसँगै भारतले समूह ‘ए’मा १ खेलबाट ३ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!