हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 1441  पटक पढिएको

बिराटनगर। सुनसरी र ईलामको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो सुनसरीको दुहबी नगरपालिका-३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १-०४-००१ प ८१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ का २० बर्षीय धिरज मण्डलको उपचारको क्रममा बिराट नर्सिंङ होम बराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यसैगरी शनिवार अपरान्ह ईलामको रोङ गाउँपालिका-४ मा, मे ४ प ८३५५ नम्बरको मोटरसाईकलले मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रीत भई ट्रकको चक्कामा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका-४ का ३९ बर्षीय रत्न कुमार थापा मगरको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!