हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 1206  पटक पढिएको

यसपटक संगीतकार दीपक शर्माले आफ्नो जन्म दिन केही फरक शैलीले मनाएका छन् । पछिल्लो समय जन्म दिनमा केक नकाट्ने घोषणा गरेको उनले आफ्नो जन्म दिनमा मनाउँदा हुने फजुल खर्च बृक्ष रोपनमा खर्चेका छन् ।

आफ्नो जन्म दिनको अबसर पारेर संगीतका दीपक शर्माले मँगलबार भक्तपुरको चाँगु नारायण नगरपालिका स्थित नागडोलको छालाङ स्थित ब्रम्हकुमारी ओम शान्ति प्रतिष्ठानको प्राँगनमा बृक्षारोपन गरे ।

बृक्षा रोपन गरेर जन्मदिन मनाउनुको कारणबारे उनले भने,‘गीत संगीत सृजना गरेर कालान्तरसम्मका लागि मैले आफ्नो सृजना पस्कँदै आएको छु । यस्तै अन्य सामाजिक काम पनि गर्ने उदेश्यले वातावरण सँरक्षणको लागि यसपटकबाट बृक्षारोपन गरेको हुँ ।’

उनले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समी सहित विभिन्न प्रजातिको बृक्षा रोपन गरेको बताए,‘औषधी जन्य बनस्पती, सुगन्धित बनस्पति र अन्य बनस्पतीको बिरुवा आज रोप्ने काम गरियो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न पनि म त्यहाँ पुग्ने छु ।’ ति बिरुवाहरु सँरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मा समेत दिएको पनि उनले बताए ।

एक हजार भन्दा बढी गीतमा संगीत गरिसकेका दीपक शर्माले पछिल्लो समय आफु छक्का पञ्जा ४ लगायतका चलचित्रको संगीत सृजनामा व्यस्त रहेको सो क्रममा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!