हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 1011  पटक पढिएको

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जाेहरीमाथि अनुसन्धान सुरु भएकाे छ । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको हो ।

लामिछाने माथि जबरजस्ती करणी कसूरमा प्रहरी वृत्त गौशालामा जाहेरी दरखास्त परेको छ । जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने लामिछानेले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११:५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेकाे उल्लेख छ । भदाै ६ गते राति अन्दाजी १२:२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!