हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 2133  पटक पढिएको

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो ।

 

भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।

एक सातासम्म चल्ने इन्द्र जात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ । सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ । यसै अवसरमा केन्द्रिय मानन्धर संघले पहिलो पटक ६४ जना कन्याको पूजा पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!