बालबालिकाको गोपनीयता भङ्ग गरेको आरोपमा आयरल्याण्डको नियामक निकायले इन्सटाग्रामलाई ४०.५ करोड युरो जरिवाना तोकेको छ । लामो समयदेखि इन्सटाग्राममाथि बालबालिकाको विशेष गरेर फोन नम्बर र इमेलको गोपनीयता कायम नगरेको आरोप लाग्दै आएको थियो ।

बिजेनस अकाउन्टमा बदलेकाहरूले एनलाइटिकल टुलबाट पोफाइल भिजिटजस्ता विषयहरूमा पहुँच पाउने र त्यसले गोप्य तथ्याङ्क उनीहरूको हातमा पुग्ने आरोप थियो । इन्सटाग्रामको मालिक कम्पनी मेटाले उक्त निर्णय विरुद्ध अपिल गर्ने बताएको छ ।

आयरल्याण्डको नियामक निकाय डाटा प्रोटेक्सन कमिस्नर (डीपीसी) ले कम्पनीलाई जरिवानाको सजाय तोकेको यो तेस्रो अवसर हो । यता डीपीसीले एक वर्षअघिको पुरानो सेटिङको अध्ययनको आधारमा सो जरिवाना तोकेको तर अहिले एपमा धेरै अपडेट भएर ती समस्या समाधान भइसकेको मेटाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!