हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 304  पटक पढिएको

किभ । युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् । ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो,“ त्यहाँ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने।

भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए । युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन् ।

यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माईल) उत्तरमा रहेको सानो सहर भाइसोकोपिल्या सहरलाई पुनः कब्जा गरेको दाबी गरेको छ । झण्डै ४ हजार बासिन्दा रहेको सहरमा युक्रेनी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!