हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 325  पटक पढिएको

सल्यान जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरमा लु.१ ख ५२५९ नम्बरको ट्रकमा च्यापिएर ट्रकका साहु सोही नगरपालिका-१ श्रीनगर बस्ने केशर बहादुर भण्डारीको ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको छ । ट्रक अगाडि बढाउने क्रममा ट्रकमा च्यापिएर गम्भीर घाइते भएका उनको परोपकार अस्पताल श्रीनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका-३ राहालेस्थित सडकमा ग.११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा बहादुरमाई नगरपालिका-६ घर भएका ३६ वर्षीय जयप्रकाश साहको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी सर्लाही जिल्लाको हरिपुर नगरपालिका-३ फरहदवास्थित सडकमा बीआर ३० एई ०४१२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!