हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 4445  पटक पढिएको

प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ ।

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ । उहाँको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो ।

वि.सं. १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिनुभएकी स्वर्गीय धनकुमारी राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका परिवारमा श्रीमान् नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिलो छोरा ध्यानकुमार राई र छोरी मालादेवी राई हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!