हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 1320  पटक पढिएको

विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’ को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए । पछिल्लो रिपोर्ट अनुसार विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

 

मिडिया रिपोर्टका अनुसार यो फिल्म १०० करोडभन्दा बढीको बजेटमा बनेको थियो । तर, लाइगरले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । न्युज १८ को रिपोर्ट अनुसार अभिनेताले निर्मातालाई ६ करोड भारुभन्दा बढी फिर्ता दिने निर्णय गरेका छन् । फिल्म फ्लप भएपछि विजयले चार्मी कौर र अन्य सह-निर्माताहरूलाई समर्थन गर्ने निर्णय गरेको समाचारमा बताइएको छ ।

विजय देवरकोंडाले आफ्नो अर्को प्रोजेक्ट ‘जन गण मन’ निर्देशक पुरी जगन्नाथसँग गर्न लागेका छन् । बक्स अफिसमा लाइगरको असफलताले उनको अर्को फिल्मलाई पनि असर गर्न सक्छ । रिपोर्टका अनुसार लागरको असफलतालाई मध्यनजर गर्दै जनगण मनको बजेट अलिकति घटाइएको छ ।

विजय र पुरी जगन्नाथले फिल्मका लागि आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका छन् । बक्स अफिसमा लाइगरको असफलताका कारण भएको नोक्सानीको पूर्ति गर्न दुवैले यो निर्णय लिएको बताइएको छ । यदि जन गण मन बक्स अफिसमा सफल साबित भयो भने मात्र विजयले केही नाफा बाँड्नेछन्।

दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!