हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 12094  पटक पढिएको

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी सरकारी नव नियुत्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. लक्ष्मीनारायण यादवलाई बिराटनगर महानगरपालिका वडा नम्बर ६ का युवाहरुले स्वागतम तथा बधाई दिएका छन् ।

शुक्रबार युवाहरुले अस्पताल मै पुगेर दोसाल्ला र फुलको माला लगाई स्वागत गरेका हुन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालका डा. लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएको थियो । उनी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन् ।

मन्त्रालयले मेसुको जिम्मेवारी दिएको यादव वि.सं. २०७१ सालदेखि कोशी अस्पतालमा कार्यरत रहेका छन् । उनी यसअघि अस्पतालको प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन् । वि.सं. २०५८ सालमा लोकसेवाबाट नाम निकालेपछि पहिलो पोस्टिङ उनको धनुषाको प्राथमिक स्वास्थ्य चौकीमा भएको थियो । ६ महिना उक्त अस्पतालमा काम गरेपछि झापाको मेची अस्पतालमा सेवा गरे । चिकित्सा विज्ञान प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालबाट वि।सं। २०६६ सालमा एमडी गरेपछि पुनः मेची अस्पताल हुँदै डा। यादवले वि.सं. २०७१ सालदेखि कोशीमा सेवा दिँदै आएका छन् ।

नव नियुत्त मेसुलाई बधाई तथा स्वागत गदै अगामी दिनका कार्यकाल सफल रहोस भन्ने शुभकामना समेत दिएको बिराटनगर महानगरपालिका वडा नम्बर ६ को क्षेत्र प्रतिनिधि तथा टोल सभापति दिपक पासवानले हिपमत डटकमलाई बताए ।

स्वागत तथा बधाई कार्यकममा बिराटनगर महानगरपालिका वार्ड न। ६ का वार्ड अध्यक्ष हरिचन्द्र सहनी, कुशेश्वर कामत, प्रेम गुप्ता, अमृत साह, मोसर्फ खान लगायत दजनौं युवाहरुको उपस्थिती रहेको थियो ।

स्वागत तथा बधाई कार्यकम बिराटनगर महानगरपालिका वडा नम्बर ६ को क्षेत्र प्रतिनिधि तथा टोल सभापति दिपक पासवानको नेतृत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!