हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 3960  पटक पढिएको

सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर बरामद भए संगै प्रदेश १-०२-००३ ह १६४९ नम्वरको टेम्पो सहित नियन्त्रणमा लिइएका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!