बुधबार, फाल्गुण २१, २०७६ || 929  पटक पढिएको

भोजपुर पौवादुम्मा-१ बस्ने २६ बर्षीय जनक भुजेलको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे पौवादुम्मा-२ स्थित मध्य पहाडी लोकमार्गमा किराना सामान अनलोट गरी श्यामसिलाबाट तिवारीभञ्याङ तर्फ फर्कदै गरेको को २ त ५९१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट ५० मिटर तल खसी दुर्घटना हुदा सहचालक भुजेल गम्भिर घाईते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । ट्याक्टर चालक भोजपुर अरुण गाउँपालिका-६ बस्ने २५ बर्षीय महेन्द्र बि.क. समेत घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!