हिपमत डटकम

बिहिबार, भाद्र १६, २०७९ || 1743  पटक पढिएको

एजेन्सी । एसिया कप क्रिकेट अन्तर्गत बिहीबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन् । प्रतियोगितामा हालसम्म दुई टोलीले जित निकाल्न सकेका छैनन् । आजको खेलमा जित निकाल्ने टोली सुपर चारमा स्थान बनाउने छ ।

प्रतियोगिताको समूह ‘बी’ बाट अफगानिस्तानले सुपर चारमा स्थान बनाइसकेको छ । यस समूहको अन्तिम खेलमा जित निकाल्ने टोलीले सुपर चारमा स्थान बनाउने छ ।

यता समूह ‘ए’ बाट भारतले सुपर चारमा स्थान बनाइ सकेको छ । प्रतियोगिताको सुपर चारमा पुग्ने टोलीहरुले एकअर्काविरुद्ध खेल्नेछन् । शीर्ष स्थानमा हुने टोलीले फाइनलमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!