बुधबार, साउन २५, २०७९ || 4019  पटक पढिएको

विराटनगर। विराटनगरमा ५ दिनसम्म चल्ने झुलन महोत्सवलाई कोरोनाको आँखा लागेको छ ।

नगरक्षेत्रका मन्दिरहरूमा धुमधडक्काका साथ मनाइने झुलन महोत्सव सुनसान छ । झुलनको सबै वर्ग, तह र तप्काका व्यक्तिमा क्रेज थियो । झुलनको बेला कतिपय युवायुवतीको सामिप्यता झनै प्रगाढ बन्ने गरेको थियो । श्रीराधाकृष्ण सवार झुला झुलाउनका लागि भक्तजनमा तछाडमछाड नै हुने गरेको थियो । तर हाल झुलनमा सर्वसाधारणको सहभागिता न्यून छ ।

कोरोनाले झुलनको रंगलाई फिक्का बनाएको छ । मन्दिर- मन्दिर घुमेर झुला हल्लाउनेको संख्या निकै कम छ । झुलनमा बेलुन (फुक्ना)को बिक्री अत्याधिक हुने गरेको थियो । विराटनगरमा दैनिक लाख हाराहारीमा बेलुनको कारोबार हुने गरेको थियो । बेलुन व्यवसायीहरू झुलनमा असिमीत कारोबार गर्ने लक्ष्य राखेका हुन्थे । पानीटंकीस्थित राधाकृष्ण मन्दिरमा झुलनको बेला खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो ।

कसले पहिले झुला तान्ने भनेर भक्तजनबीच प्रतिस्पर्धा नै हुने गरेको थियो । तर हाल स्थिति ठीक उल्टो छ । नुन नभएको तरकारी झैं झुलन फिक्का छ । सडक खाली छ भने आक्कलझुक्कल भक्तजन झुला तान्न आउने गरेका छन् ।

राधाकृष्ण मन्दिर समितिका कार्यालय सचिव निर्मल पौडेलले कोरोना त्रासका कारण पछिल्लो दुई वर्षदेखि झुलनको आकर्षण कम हुँदै गएको बताए । उनले आधुनिकताको मारमा परम्परालाई ओझेलमा पर्न दिन नहुनेभन्दै आउने दिनमा झुलन व्यापक र विस्तृत बन्नेमा विश्वस्त रहेको बताए । समितिले भदौ ४ को राधाकृष्ण रथयात्रालाई विशाल रूपमा नमनाइ सामान्य ढंगले मनाइने भन्दै सूचना सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!