हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 857  पटक पढिएको
प्रजापति दास केवरत

नेपालको पूर्वी भू(भागमा बस्ने आदिवासी जाति हो केवरत ।आफ्नो छुट्टै मौलिक पहिचान सहितको जीवनशैली भएको यो जातिका मानिसहरूले विभिन्न प्रकारका मौलिक पूजा,चाडपर्व एवम् संस्कृतिहरु मनाउँछन् । ती मध्ये एउटा पूजा हो अखरिया पूजा ।

प्रकृति पुजकका रुपमा परिचित केवरत जातिले ुअखरिया पूजाु प्रत्येक वर्षको असार महिना मनाउँछन् । यो जातिमा पोखरी,कुवा,रुख लगायत जनावरहरू पूजा गरी आएकोमा धान खेती आरम्भ गर्ने बेला अखरिया पूजा मनाउने गरिन्छ । असार महिना मनाउने हुनाले यस पर्वको नाम अखरिया पर्न गएको हो। अन्नबालीमा धान महत्त्वपूर्ण अन्नबाली हो यसर्थ केवरत समुदायमा धान खेती आरम्भ विधिवत पूजा गरी सुरु गरिन्छ । केवरत जातिको मौलिक मान्यता अनुसार जल तथा धर्ती देवतालाई प्रसन्न गर्न अखरिया पूजा गरिन्छ । केवरत जातिको मान्यता अनुसार पहिला खेतीपाती गर्न अधिक समय लाग्थ्यो । हलोले खेती गर्नुपर्थ्यो । खेतमा विभिन्न प्रकारका जीवहरु सर्प गोही जुका हुन्थे । यी जीवले खेतालालाई कुनै हानीनोक्सानी नगरियोस् तथा खेतीको समयमा कुनै अनिष्ट नहोस् भनी खेत देवतालाई खुसी पार्न साथै धानबाली राम्रोसँग सप्रियोस् भनी अखरिया पूजा गर्न थालेको मान्यता छ । अहिले कृषिमा आधुनिकरण भएसँगै खेती गर्न केही सहज भएपनि केवरत जातिले आफ्नो परम्परा भने बिर्सेका छैनन् ।

केवरत जातिले वर्षायामको असार महिना मनाउने पूजा नै अखरिया पूजा हो । यो पूजा रोपाईसँग सम्बन्धित छ । असार १५ मा नेपालमा स्थानीय पर्वको रुपमा धान दिवस मनाइरहँदा केवरत समुदायले अखरिया पूजा हर्सोल्लासका साथ मनाउँछन् । यो पूजामा परिवारका घरमुली रोपाई सुरु भएको दिन खेतमै गएर अक्षात,दूध, केरा , धुपवत्ती बालेर विधिवत रुपमा पूजा गरी खेती आरम्भ गर्दछन् । कसै(कसैले परेवाको बली दिएर समेत यो पूजालाई मनाउने गर्दछन् । यो पूजामा आफ्नो हैसियतअनुसार कोही सामान्यत त कोही भव्यरुपमा आफन्तजनलाई निम्तो दिएर बेलुका भोज खुवाउने चलन छ । भोजमा चामलको पिठोको रोटी, आँप, दुध, दही, खीर, केरा जस्ता विभिन्न परिकार पकाउँछन् । यसका अलावा परेवाको मासुको परिकारसहित भात खुवाउने चलन छ । केवरत जातिमा अखरिया पूजालाई महत्वपूर्ण पर्वको रुपमा लिने गरिन्छ । यो पूजा दिवसको रुपमा नभई आ(आफ्नो इच्छा अनुसार असार महिनाभरि नै मनाउने चलन छ । केवरत समुदायका मानिसहरु आफ्नो अनुकूलताअनुसार खेती आरम्भसँगै मनाउने गरिन्छ । असार महिनाभरि मनाउने भएकाले पनि यो पूजाको नाम अखरिया पर्न गएको हो । पहिला पहिला यस जातिका मानिसहरू वर्षाको पानीमा निर्भर रही खेती गर्थे यसर्थ असार महिनाको वर्षायामले नै यो पूजाको निर्धारण हुन्थ्यो तर विस्तारै सिचाइँका विभिन्न माध्यमको प्रयोग गरी खेती गर्न थालेदेखि असार महिनाको सुरुवातदेखि नै यो पूजा मनाउन थालेको पाइन्छ । यो पूजा प्रकृति सम्बद्ध भएकोले पनि केवरत जाति नेपालको प्रकृतिपूजक आदिवासी हुन् भन्ने कुरा बुझ्न सकिन्छ ।

केवरत जाति पूर्वी नेपालमा बसोबास गर्ने विभिन्न जाति मध्ये एक पृथक विशेषता भएको जाति हो । यस जातजातिमा अनेक मौलिक पूजा तथा पर्वहरु विद्यामान छ । यस जातिको आफैँ भाषा,भेषभूषा,रहनसहन,रीतिरिवाज एवम् संस्कृति छ । केवरत समुदायमा केही आयातित पर्व एवम् संस्कृतिहरु मनाउन थालेपनि आफ्ना पूर्खौली परम्परा भने मनाउन बिर्सेका छैन् । प्रायः अन्य जातिमा लोभ हुँदै गएको वैदिक उपचार पद्धति केवरत जातिमा भने जीवित छ अहिले पनि कैयौं प्रकारका रोगहरुलाई जङ्गली जडीबुटी तथा वैदिक मन्त्रहरुका माध्यमबाट उपचार भइरहेको पाइन्छ । धामीझाँक्री झारफुक,वैदिक मन्त्र,जडीबुटी जस्ता प्राचीन कुराहरु जीवित राख्न सफल केवरत जाति पूर्वी नेपालको पहिचान विहीन आदिवासी हो । राष्ट्रको गौरव बढाउने विशेषता भएको केवरत जातिलाई राज्यले अपहेलना गर्दै आएको छ । वि।सं। २०६८ सालको जनगणनामा यस जातिलाई आदिवासीको सूचीमा नराख्नु, छुट्टै जातिको रुपमा पहिचान नदिनु राज्यले यस जातिप्रति गरेको अन्याय हो । अहिले पनि आफ्नो पहिचानका लागि यस समुदायका मानिसहरु संघर्षरत छन् । बिलकुलै फरक शैली तथा मौलिक परम्परामा आधारित जीवन शैली व्यतित गर्ने केवरत समुदायमा अखरिया पूजा जस्ता कयौँ पूजापर्वहरु विद्यामान छन् । यस्ता संस्कृतिहरु संरक्षण गर्नु राज्यको कर्तव्य पनि हो । भर्खरै सम्पन्न भएको राष्ट्रिय जनगणना २०७८ मा यदि यस जातिको अभिलेख राखिएन भने राज्यले कयौ मौलिक परम्परा,संस्कृति,चाडपर्व भएको एउटा जाति गुमाउने छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!