हिपमत डटकम

बिहिबार, आषाढ ३०, २०७९ || 16585  पटक पढिएको

विराटनगर । विराटनगरस्थित नाङलो फास्ट फुड रेस्टुरेन्टमा आगलागी भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर २ तिनपैनीचौक देखि दक्षिण तर्फा रहेको उक्त रेस्टुरेन्टमा बिहिबार दिउसो साढे १२ बजे देखि आगो लागेको हो । आगलागीमा रेस्टुरेन्ट भित्र रहेका सम्पूर्ण फर्निचर,खाद्यान्न,उपकरण सहित रेस्टुरेन्ट रहेको घर पुर्णरुपमा जलेर नस्ट भएको छ । तेस्तै एउटा नया स्कुटी समेत जलेर नस्ट भएको जानकारी आएको छ। आगलागी भएको उत्तरदिशामा रहेको व्यवसायी बिनोद दुगडको घर तथा दक्षिणदिशा मा रहेको फलफुल दोकानमा समेत क्षति पुगेको छ। विराटनगर महानगरपालिकाको दमकल,प्रहरीप्रशासन र स्थानियबासीको प्रयासमा आगलागी नियन्त्रणमा आएको छ

रेस्टुरेन्ट भित्र रहेको ग्याँस सिलिण्डर चेन्ज गर्ने समयमा आगो लागेको प्रत्यक्षदर्शी जानकारी दिएका छन् । आगो लागेको समयमा रेस्टुरेन्ट भित्र सिलिण्डर पड्किएर तिन पटक ठुलो आवाज आएको तेह रहेका स्थानियाले बताएका छन। । फुटेको सिलिण्डर मध्हे एउटा सिलिण्डरको टुक्रा उडेर घटनास्थल देखि पूर्वदिशा मा रहेको करिना ट्रेडर्स भित्र आएको संचालक गुड्डु सहनीले जानकारी दिएका छन् ।

आगलागी बाट के कति क्षति भएको छ तेस्को विवरण आउन केहि समय लाग्ने प्रहरी जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!