हिपमत डटकम

आइतबार, मंसिर १९, २०७८ || 581  पटक पढिएको

पथरी शनिश्चरे। मोरङको पथरी शनिश्चरे नगरमा आज १८ औैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवश सम्पन्न भएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, उपसचिव शालिग्राम काफ्लेले नगरवासीको स्वास्थ्य हेरचाहमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको ज्यादै महत्वपूर्ण भूमिका रहेको रहेको बताउँदै उहाँहरुको कामको प्रशंसा गर्नुभयो ।

नगरपालिका अन्तर्गतको नगरस्तरीय महिला स्वयमसेविका समिति उपाध्यक्ष सरस्वती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको थियो । सो अवसरमा ‘तातो आलु’ खेलमा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!