हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 563  पटक पढिएको

झापा।गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन् । गत कार्तिक ११ गते विहान ११ बजे देखी हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिईन ।

 

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिए पछी हुसेनको हत्या गरेको हुन सक्ने आशंकामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्यांङ् भित्र दुर्गन्धित अवस्थामा हुसेन मृत फेला परेका थिए ।

 

घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाण योग्य चिजबस्तुहरु बरामद गरीएको छ । हत्याको आरोपमा पक्राउ परेका पाचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!