एसएसबिको सहायक कमाण्डेट श्रीवास्तवले सिमानाकामा सराहनीय कार्य गर्दै

बालबालिकाहरुलाई बिहान बेलुका एक एक घण्टा कोचिङ्ग ( टिउसन ) पढाउने कार्य

हिपमत डटकम

शुक्रबार, आषाढ ०४, २०७८ || 669  पटक पढिएको

बारा । सिमासुरक्षाको लागि भारतले सिमानाकामा एसएसबी जवानलाई जिम्मेवारी दिइ खटाएको छ। त्यस्तै नेपालले सिमानाकाको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी लाई दिएको छ। सिमाको जिम्मेवारी पाएका भारतको एसएसबीको सहायक कमाण्डेट अँसल श्रीवास्तवले नेपाल सशस्त्र प्रहरी सँग सहकार्य गरी सिमानाकामा बिभिन्न सराहनीय कार्य गर्दै आईरहेका छन।

एसएसबिको सहायक कमाण्डेट श्रीवास्तवले कोभिडको कारण निषेधाज्ञामा बिधालयहरु बन्द रहेकाले बालबालिकाहरुको पठनपाठन बन्द भएको अबस्थामा बालबालिकाहरुलाई बिहान बेलुका एक एक घण्टा कोचिङ्ग ( टिउसन ) पढाउने कार्य गराईरहेका छन। कोचिङ्ग पढाउनको लागि एसएसबीको एक जवानलाई जिम्मेवारी दिनुको साथै सशस्त्र प्रहरी नेपाल बिओपि कबहिगोठको ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक अम्रित दुलालसँग पनि सहकार्य गरी निरन्तरता दिएका छन।

दसगँजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा, घरपालुवा जनावर राख्ने तथा फोहरमैला व्यवस्थापन गरीएकोलाई एसएसबिको सहायक कमाण्डेट श्रीवास्तवको पहलमा र सशस्त्र प्रहरी नेपाल बिओपि ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक दुलाल र दक्षिण झिटकैया बिओपि ईन्चार्ज सई कमलेश पुरीको सहकार्यमा स्थानीयहरुको सहयोगमा खालि गराउन सफल भएका छन।

दसगँजा क्षेत्रमा बसोबास गरीरहेका स्थानिय बासिन्दाहरुलाई कोभिडको भ्याक्सिन पनि भारत सरकारसँग सहकार्य गरी नेपाल भारत पिलर नम्बर ३७७ नजिक मेडिकल अफिसरलाई बोलाई कोशिष खोप सँचालन पनि सशस्त्र प्रहरी नेपालको सहकार्यमा एसएसबिको सहायक कमाण्डेट श्रीवास्तवले गराएका छन।

एसएसबिको सहायक कमाण्डेट श्रीवास्तवले सिमानाका यस्तो धेरै राम्रो कार्य गरीरहेकोले नेपाल भारतको सम्बन्धमा थप बल पुगेको स्थानीयहरु बताउने गरेका छन। अमरेस कुमार पाण्डेयको समाचार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!