विराटनगर– घर–घरमा अक्सिजन पुर्याउँछन् ।संक्रमण भएकालाई औषधि उपलब्ध गराउँछन् । जनताका लागि आफ्नै प्रयासमा ५० बेडको स्वास्थ्य केन्द्र तयार गर्छन् । आफूले चढेको गाडी जनताका लागि अस्पताल पुर्याउनरल्याउन दिन्छन् । अरुलाई पनि यस्ता कामका लागि प्रेरित गर्छन् ।
सबै आफ्ना घर–घरमा सुरक्षित रुपले बसिरहेको बेला संक्रतिमणका, मृत्यु भएकाहरुको घर–घरमा पुग्छन् । निजी क्षेत्र, प्रदेश र संघीय सरकारलाई घचघच्याउँछन् । दैनिक २० घण्टा जनताकै सेवाका लागि खट्छन् । र, पनि उनको आलोचना हुन्छ । हो, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सम्भवत: स्थानिय तहमा सर्वाधिक काम गर्ने जनप्रतिनिधिमा पर्छन् । तर, उनको खेदो खन्ने काम भइरहेको छ ।
महानगरपालिका भित्रैबाट, आफ्नै पार्टीका केही गुटगत राजनीति गर्नेहरू, भावी मेयरको सपना देख्नेहरू यतिबेला मेयर पराजुलीविरुद्ध लागेका छन् । मेयरले केही गरेनन् भन्ने आलोचना गरिरहेका छन् ।
विगतमा मेयरबाट लाभ लिन नसकेका, रिस गर्नेहरू यतिबेला हात धोएर विरोधमा लागेका छन् , र मेयरबाट भइरहेका सकारात्मक कामको विरोध गरिरहेका छन् ।
मेयर पराजुलीले काम गर्दा–गर्दै पनि योजनावद्ध र नियोजित तरिकाले आलोचना भएपछि सोसल मिडियामा एउटा निकै मार्मिक स्टाटस लेखेका छन् ।
मेयर पराजुलीको उक्त स्टाटस अहिले भाइरल भएको छ ।
‘मलाई अचम्म लागेको छ र, यस्तो नकरात्मक सोचप्रति दुस्ख पनि’ मेयर पराजुलीले भनेका छन्–‘हुँदाहुँदै विरोधको पराकाष्ठा, मान्छे मर्न आँटेको बेला अक्सिजन पुर्याई दियो भन्ने सस्तो प्रचार गर्यो भन्छन्, बिरामीले अस्पताल जान एम्बुलेन्स पाएनन् भनेर आफू चढ्ने गाडी दियो प्रचार गर्यो भन्छन्, घरमा मरेको मानिसको शव ब्यवस्थापन गर्न धेरै समय कुर्नु पर्यो, गाह्रो भयो भनेर केही म लगायतका साथीहरू मिलेर आफ्नो खर्चमा शव वाहनको व्यवस्थापन गर्यो प्रचार गर्यो भन्छन् ।’
कोभिडको दोस्रो भेरिएन्ट सुरु भएपछि मेयर पराजुली दैनिक २० घण्टा खटिरहेका छन् ।
‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ विद्यार्थी नेता योगराज दाहालले भने–‘मेयरले धैर्यताका साथ आफ्नो कार्य गरेका छन्, यहाँ काम नगरेर आलोचना गर्नेहरू हिरो हुन खोज्छन्, मेयरले जस्तै अरुले पनि काम गर्ने हो भने पक्कै पनि संक्रमण नियन्त्रणमा ल्याउन धेरै समय लाग्दैन ।’
मेयर पराजुलीले मार्मिक ढंगले लेखेका छन्–‘केही नलागेर बदनाम गराउन समाजमा नबिकेका मानिसलाई सीमित स्वार्थको लागि प्रयोग गरेर कोभिडको खोप मारवाडी धनाढ्य परिवारमा लगाएको भनेर दुस्प्रचार गर्दा त मलाई निकृष्ट सोचप्रति दया लागेको छ, आफू घरबाट कोरोनाको डरले ननिस्कने, आफ्नो मान्छे नै बिरामी हुँदारमर्दा बाहिर ननिस्किने मानिस कुप्रचारमा लागेको देख्दा दया लागेर आएको छ ।’
मेयर पराजुलीको कामप्रति विपक्षी राजनीति गर्दै आएका मुकेश बुढाथोकी, कपिल सुनार, नमिता न्यौपाने, मणि दाहाललगायत धेरैले उच्च प्रशंसा गरेका छन् ।
‘कुनै विद्धानले भनेका छन्, यदि तिमि काम नगरेर बस्यो भने कसैले केही भन्दैन तर, समाज र देशका लागि केही गर्छु भनेर अग्रपंक्तिमा आउँछौ भने आलोचना हुन्छ, हो मैले यहि ब्रम्हबाक्यलाई सिरोधार्य गरेको छु’ मेयर पराजुलीले भने– ‘हरेक कुरामा आलोचना मात्र देख्नेहरू विस्तारै कमजोर हुनेछन्, उनीहरू समाजका अगाडि नाङ्गिने छन् ।’
https://www.facebook.com/bhim.parajuli.5/posts/4039052959510327